IME Life New

नेप्सेमा १६ अंकको गिरावट, कारोबार रकम पनि घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार दोहोरो अकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक १६ दशमलव ५४ अंकले घटेर २,६३२ को विन्दुमा कायम भएको छ । आज २९ कम्पनीको शेयर मूल्य बढेको छ भने २४० कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३५१ कम्पनीको ७६ लाख ९९ हजार २२७ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ६७ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै ग्लोबल आइएमई बैंकको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ८ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोपान फर्मास्युटिकल्सको ८ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको ८ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

आज सबैभन्दा धेरै टक्सार पिखुवाखोला, याम्बालिङ हाइड्रो र स्नो रिभर्सका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानीकर्ताले १४ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । धौलागिरी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले १४ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै स्वाभिमान लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले ५ दशमलव ८३ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS