IME Life New

नेप्सेले दियो गिरावटलाई निरन्तरता, कारोबार रकम ३ अर्ब ७८ करोडमा सीमित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्सेले गिरावटलाई नै निरन्तरता दिएको छ । हिजो पनि भारी अंकले घटेको बजार आज भने सामान्य अंकले घटेर बन्द भएको छ । यो नेप्सेमा लगातार चार दिनको गिरावट हो । आज पनि नेप्से परिसूचक १ दशमलव ०४ अंकले घटेर २,५५७ को विन्दुमा कायम भएको छ । आज १४६ कम्पनीको शेयर मूल्य बढेको छ भने ११८ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३४८ कम्पनीको १ करोड ६ लाख २६ हजार ३७० कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७८ करोड माथिको शेयर कारोबार भएको छ । आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनीको २१ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल एसबिआई बैंकको १६ करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । चिलिमे हाइड्रोको १६ करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

आज सबैभन्दा धेरै सर्वोत्तम पेन्ट्सका लगानीकर्ताले कमाएका छन् । आज यसका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका हुन् । घोराही सिमेन्टका लगानीकर्ताले ८ दशमलव १९ प्रतिशतका दरले कमाएका छन् । सोनापुरका लगानीकर्ताले ५ दशमलव ०५ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै अपर हेवाखोलाका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले ९ दशमलव ४५ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS