IME Life New

लामो समयदेखि नेप्से अध्यक्षविहीन, गर्नैपर्ने काम अलपत्र

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारको फ्रन्ट लाइनर नेपाल स्टक एक्सचेन्ज (नेप्से) करिब डेढ महिनादेखि अध्यक्षविहीन बनेको छ।

शोभाकान्त पौडेल सहसचिवबाट सचिवमा बढे भएसँगै नेप्से अध्यक्षविहीन बन्न पुगेको हो। नेप्सेको अध्यक्ष सरकारले सहसचिवलाई नियुक्त गर्ने प्रावधान रहेको छ।

Esewa
Crest

सरकारले पौडेललाई सचिवमा बढुवा गरे पनि नेप्सेमा अध्यक्ष नियुक्त गर्न भने ढिलाइ गरिरहेको छ। अर्थ मन्त्रालयले नेप्सेमा अध्यक्ष नियुक्त खासै चासो देखाएको देखिँदैन।

अध्यक्ष नहुँदा नेप्सेमा नीतिगत निर्णयहरु हुन नसकेको अवस्था रहेको छ। कुनै पनि नीतिगत निर्णय नेप्सेको सञ्चालक समितिबाट गर्नुपर्ने हुन्छ। तर, अध्यक्ष नहुँदा सञ्चालक समिति बैठकसमेत बस्न नसकेको नेप्सेका कर्मचारीहरु बताउँछन्।

गत वर्ष माघ ३ नेपाल धितोपत्र बोर्डले साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार नियमावली, २०८१ लागू गरेको थियो। त्यसपछि धितोपत्र बोर्डले नेप्से र सीडीएससीलाई साना तथा मझौला कम्पनीको शेयर कारोबारका लागि छुट्टै एसएमई प्लेटफर्म निर्माण गरी कार्यान्वयनमा ल्याउन निर्देशन दिएको थियो।

धितोपत्र बोर्डको निर्देशनबमोजिम नेप्सेले एसएमई प्लेटफर्म सञ्चालनसम्बन्धी विनियमावली पनि तयार गरिसकेको छ। तर, अध्यक्ष नहुँदा उक्त विनियमावली लामो समयदेखि नेप्सेको सञ्चालक समितिको बैठकमा पेस हुन सकेको छैन। नेप्सेको सञ्चालक समितिको बैठकले विनियमावली पारित भएपछि मात्रै स्वीकृतिका लागि धितोपत्र बोर्ड पठाउनुपर्ने हुन्छ।

अर्थ मन्त्रालयले अध्यक्ष पठाउने टुंगा नगरेकै कारण विनियमावली अड्किएकोले नेप्सेले एसएमई प्लेटफर्म सञ्चालन गर्न गर्नुपर्ने अन्य प्राविधिक काम रोकिएको छ। ‘पहिले नेप्सेको बोर्ड बैठकले विनियमावली पास गर्नुपर्यो, त्यसपछि धितोपत्र बोर्डले स्वीकृति दिनुपर्यो’, नेप्से स्रोतले भन्यो, ‘त्यसपछि मात्रै एसएमई प्लेटफर्मसम्बन्धी प्राविधिक काम अगाडि बढ्छ।’

त्यसो त धितोपत्र बोर्डले नै नेप्सेको पुनर्संरचनाका लागि आवश्यक कार्ययोजना तयार पार्न दिएको निर्देशन पनि अलपत्र परेको छ। ‘नेप्से पुनर्संरचनाको कार्ययोजना त हामीले पहिले नै बनाएका थियौँ, त्यसमा थोरै थप–घट गर्ने हो’, स्रोतले भन्यो, ‘नेप्से पुनर्संरचनाको कार्ययोजना बनाउन त्यति समय नलाग्ला तर त्यो पनि नेप्सेको बोर्ड बैठकले स्वीकृत गर्नुपर्छ। तर, अध्यक्ष नै नभएपछि बोर्ड बैठक बस्दैन। अनि यो विषय पनि अहिले थाँती नै छ।’

यी दुई मुख्य मुद्दाबाहेक अध्यक्ष नहुँदा नेप्सेका अन्य गतिविधि पनि रोकिएका छन्। नयाँ आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम बनाउने विषयले पनि गति लिन नसकेको नेप्सेका एक अधिकारीले बताए। ‘कामहरु त भइरहेका छन् तर अध्यक्ष नहुँदा निर्णय गर्न सकिएको छैन’, ती अधिकारीले भने।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS