IME Life New

नेप्सेमा गरिमा विकास बैंकको शेयरमूल्य समायोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा गरिमा विकास बैंकको शेयरमूल्य समायोजन भएको छ। बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले बैंकको ६ प्रतिशत बोनश शेयरपछिको मुल्य समायोजन गरेको हो। मूल्य समायोजनपछि बैंकको शेयरमूल्य ३९३ रुपैयाँ ४० पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्य प्रतिकित्ता ४१७ रुपैयाँका आधारमा बैंकको शेयरमूल्य समायोजन गरेको हो।

Esewa
Crest

यही समायोजित मूल्यलाई आधार मानेर आजको बजारमा बैंकको शेयर कारोबार खुल्नेछ।

बैंकले कात्तिक २७ गते, बिहीबार, होटल पोखरा ग्राण्ड, बिरौटा, पोखरामा १९औं वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS