काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा १ करोड ९१ लाख बढी कित्ता शेयर थपिएको छ।
नेप्सेमा सोल्टी होटल, अपी पावर कम्पनी र भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको कुल १ करोड ९१ लाख ९९ हजार ८७४.९१ कित्ता बोनस शेयर सूचीकृत भएको हो। जसमा सोल्टी होटलको १ करोड ५३ लाख २८ हजार ९८५ कित्ता, अपी पावरको ३० लाख ३७ हजार ९६३.९१ कित्ता र भगवती हाइड्रोपावरको ८ लाख ३२ हजार ९२६ कित्ता बोनस शेयर रहेका छन्।
अघिल्लो आर्थिक वर्षमा शेयरधनीहरुलाई सोल्टी होटलले १५ प्रतिशत, अपी पावरले ५ प्रतिशत र भगवती हाइड्रोपावरले १४ प्रतिशत बोनस शेयर वितरण गरेका थिए।












