काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा शुक्रबार ५ लाख बढी कित्ता शेयर थपिएको छ।
नेप्सेमा बरुण हाइड्रोपावर कम्पनीको बोनस शेयर सूचीकृत भएको हो। यो कम्पनीको ५ लाख ९ हजार २४.२५ कित्ता बोनस शेयर सूचीकृत भएको छ।
कम्पनीले अघिल्लो आर्थिक वर्षमा शेयरधनीहरुलाई ४.७५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो।












