IME Life New

‘नेपाली बीमा कम्पनीको सूचना प्रविधि साइबर आक्रमणको उच्च जोखिममा’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यूएन क्यापिटल डेभलपमेन्ट फन्डको एउटा रिपोर्टले नेपालका बीमा कम्पनीको सूचना प्रविधिको सुरक्षा प्रणाली साइबर आक्रमणको जोखिममा रहेको तथ्य औँल्याएको छ।

फन्डले ४ अप्रिल २०२४ मा प्रकाशन गरेको ब्लग रिपोर्टका अनुसार नेपालमा अधिकांश बीमा कम्पनी पुराना प्रणालीमा निर्भर छन्। ‘जुन साइबर आक्रमणको जोखिममा छन् र तिनको मुख्य अपरेटिङ सिस्टममा एकीकृत रुपमा काम गर्ने सुविधा उपलब्ध छैन’, रिपोर्टमा भनिएको छ।

Esewa
Crest

१४ निर्जीवन बीमकको सूचना प्रविधिको पूर्वाधार र सुरक्षाको विषयसमेत समावेश गरिएको रिपोर्टमा भनिएको छ, ‘नेपालका बीमा कम्पनीहरु आधारभूत बीमा सेवाका लागि उपयोगी हुने दुई विशेष अपरेटिङ सिस्टमको प्रयोग गरिरहेका छन्। ‘तर, तिनमा आवश्यक एपीआईहरुको अभाव छ’, रिपोर्टमा भनिएको छ, ‘यसले गर्दा यी कोर अपरेटिङ सिस्टम नयाँ एप्लिकेसनसँग जोडिन र कम्पनीको सेवा प्रवाहलाई अझै प्रभावकारी बनाउन कमजोर साबित हुन्छन्। यस्ता प्रणालीले कम्पनीलाई नयाँ प्रविधिको एप्लिकेस अपनाउने क्षमता सीमित गरिदिने साथसाथै ग्राहक अनुभव (युजर एक्सपिरियन्स) पनि खराब बनाइदिन्छन्।’

सूचना प्रविधि विभागका चुनौती

यदि नेपालका १४ निर्जीवन बीमकको प्राविधिक क्षमता जाँच्ने हो भने यहाँ सुसज्जित र सक्षम आईटी विभागको अभाव छ। वा सूचना प्रविधि विभागको एकमात्र काम कम्पनीको हार्डवेयरसम्बन्धी समस्यामा सहायता दिनुमात्र हो।

नेपालका बीमा कम्पनीका सूचना प्रविधि विभाग अधिकांश मामिलामा प्रणालीको वास्तुकला बुझ्न सक्ने गरी राम्रो अवस्थामा हुँदैनन्। साथै, व्यवस्थापनद्वारा निर्धारित डिजिटल योजनाहरुमा उनीहरुको पहुँच पनि सीमित हुन्छ।

धेरैजसो बीमा कम्पनीका लागि डिजिटल प्रविधि अँगाल्नु र अनुकूलन गर्नु भनेको एप्स वा वेबसाइटका माध्यमबाट वितरण प्रणालीलाई डिजिटल बनाउनुलाई मात्र जनाउँछ। यी सुविधा बीमाशुल्क संकलन र दाबी भुक्तानीको निवेदन दिर्तासम्म मात्र सीमित हुन्छ।

भावी अवसर

यो क्षेत्रका लागि नयाँ अध्याय सुरु गर्न र बीमालेख वितरणभन्दा अघि बढेर नयाँ प्रविधिबारे विचार गर्ने अवसरहरु उपलब्ध छन्। बजारमा उपलब्ध कम्पनीहरु तथ्यांक विश्लेषको उपयोग गरेर बहुउत्पादन बिक्री गर्ने, ग्राहकको व्यवहार बुझ्ने र उनीहरुलाई टिकाइ राख्न, नयाँ उत्पादन विकसित गर्न, नयाँ भौगोलिक क्षेत्रमा विस्तार गर्ने र कारोबार लागत न्यूनीकरण गर्ने विकल्पहरुको खोजी गर्न सक्छन्।

साइबर सुरक्षा एउटा महत्वपूर्ण पाटो हो। जसका लागि बीमकहरुको गहिरो बुझाइ र प्रतिबद्धता आवश्यक हुन्छ। बीमा नियामक नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई वार्षिक रुपमा सूचना प्रविधि पूर्वाधारको लेखापरीक्षण गर्न नियामकीय प्रावधान तोकेको छ। तर, व्यवहारमा भने यो प्रावधान औपचारिकता पूरा गर्नेमा मात्र सीमित छ।

साइबर सुरक्षाको अधिकांश बीमकको विद्यमान सूचना प्रविधि प्रणाली र पूर्वाधारमा ठूलो भेद (भ्वाङ) देखा परे पनि तत्कालै त्यसलाई सम्बोधन गर्नेतर्फ बीमकको नेतृत्व गम्भीर छैन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS