IME Life New

नेपालीले भारतबाहेक अन्य मुलुकबाट भारु ल्याउन नपाउने, अमेरिकी डलरमा यस्तो व्यवस्था

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालीले भारतबाहेक अन्य मुलुकबाट भारतीय रुपैयाँ (भारु) ल्याउन नपाउने भएका छन्।

नेपाल राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै नेपालीले भारतबाहेक अन्य मुलुकबाट भारु ल्याउन नपाउने व्यवस्था रहेको जनाएको छ। नेपालीले अन्य मुलुकमा भारु लैजान नपाउने पनि केन्द्रीय बैंकले स्पष्ट पारेको छ।

Esewa
Crest

यसैगरी २०७५ पुस २३ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाबमोजिम कसैले पनि सन् २०१६ नोभेम्बर ९ भन्दा अगाडि चलनचल्तीमा रहेका भारु ५०० र १००० दरका नोटको कारोबार गर्न तथा भारु २००, ५०० र २००० हजार दरका नोट साथमा राख्न, ओसारपसार गर्न र कारोबार गर्न नपाउने व्यवस्था रहेको राष्ट्र बैंकले स्पष्ट पारेको छ।

यसैगरी नेपाली तथा विदेशी नागरिकले नगद विदेशी मुद्रा अमेरिकी डलर ५ हजारसम्म (भारुको हकमा अमेरिकी डलर ५ हजारबराबर हुन आउने भारुसम्म र राष्ट्र बैंकबाट विनिमय दर प्रकाशन नहुने अन्य विदेशी मुद्राको हकमा अमेरिकी डलर ५ हजारबराबरसम्म) भन्सार घोषणा बिना नेपालमा भित्र्याउने व्यवस्था रहेको राष्ट्र बैंकले अवगत गराएको छ।

अमेरिकी डलर ५ हजारभन्दा बढी रकमको हकमा भने भन्सार घोषणा गरी प्रमाणित गराउनुपर्ने व्यवस्था रहेको पनि केन्द्रीय बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS