IME Life New

नेपालीले ११ महिनामा खाए करिब रु. २ अर्बको विदेशी अंगुर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। कृषिप्रधान देश हुँदाहुँदै पनि नेपालमा करिब २ अर्ब रुपैयाँको अंगुर आयात भएको छ।

चालु आर्थिक वर्षको ११ महिना जेठसम्म नेपालले १ अर्ब ८९ करोड रुपैयाँबराबरको अंगुर आयात गरेको हो। नेपालले ११ महिनाको अवधिमा २ करोड २९ लाख केजी अंगुर आयात गरेको देखिन्छ।

Esewa
Crest

नेपालले चीन र भारतबाट अंगुर आयात गरेको देखिन्छ। नेपालमा चीनबाट ८ करोड २५ लाख रुपैयाँबराबरको अंगुर आयात हुँदा भारतबाट १ अर्ब ८१ करोड रुपैयाँबराबरको अंगुर आयात भएको देखिन्छ।

१ अर्ब ८९ करोड रुपैयाँको कुल अंगुर आयातमा ताजा अंगुरको तथ्यांकमात्र रहेको छ। ११ महिनामा सुकाएको अंगुर करिब ३३ करोड रुपैयाँको आयात भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS