IME Life New

बंगलादेशसँग ४-० ले पराजित भयो नेपाली महिला फुटबल टोली

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बंगलादेशमा सोमबार सम्पन्न साफ यु-२० महिला च्याम्पियनशिप फुटबल प्रतियोगितामा नेपालले पराजय व्यहोर्नुपरेको छ।

राजधानी ढाकामा भएको खेलमा नेपाललाइ बंगलादेशले घरेलु दर्शक माझ ४-० को फराकिलो अन्तरले पराजित गरेको हो। योसँगै नेपालले उपाधि जित्ने अवसर गुमाएको छ।

Esewa
Crest

बंगलादेशका लागि सोगारिका एक्लैले ४ गोल गरेकी थिइन् । उनी नेपालसँगको पहिलो खेलमा रातो कार्ड खाएर तीन खेलका लागि प्रतिबन्धित भएकी थिइन्।

बंगलादेशी खेलाडीले खेलको शुरूवातदेखि नै नेपाली टोलीलाई दबाबमा पार्न सफल भएका थिए।

नेपाली खेलाडीहरू मैदानमा बल खुट्टामा पार्न र आफ्नो टोलीको खेलाडीलाई पास गर्न निक्कै कठिनाइको सामना गर्नु परिरहेको थियो। अधिकांश समय बंगलादेशले नै नेपाली पोष्ट तिर बल पेलेको थियो।

आजको खेलमा नेपाली खेलाडीहरूमा उर्जाको कमि, विपक्षी टोलीविरूद्धको खेल जित्नका लागि बनाउनुपर्ने मैदान रणनीतिको कमी प्रत्यक्षरूपमा झल्किएको थियो। खेलाडीहरूले विपक्षीबाट बल खोस्न, खोसेको बल आफ्नो टोलीलाई पास गर्न, पास पाएको बल सुरक्षितरूपमा विपक्षीको गोलपोष्ट तर्फ लैजान असफल भएको देखिएको थियो।

दक्षिण एशियाका दुई कमजोर टोली श्रीलंका र भुटानविरूद्धको खेलमा एकतर्फीरूपमा हाबी भएपनि बलियो प्रतिस्पर्धी बंगलादेशविरूद्धको अन्तिम खेलमा नेपाली टोलीको रणनीति र प्रदर्शन दुबै ज्यादै कमजोर रह्यो।

प्रतियोगितामा बाङ्ग्लादेश, भुटान, श्रीलङ्का र नेपालले डबल राउन्ड रोबिन लिगमा प्रतिस्पर्धा गरेका थिए। नेपालले श्रीलङ्का र भुटानविरूद्ध दुबै खेलमा जित हासिल गरेपनि बाङ्ग्लादेशसँग भने दुबै खेलमा पराजय भोगेको छ। यसअघिको पहिलो खेलमा नेपाल ३-२ ले पराजित भएको थियो।
लिग अन्तर्गतको सबै ६ खेल जित्दै बाङ्ग्लादेश पुनः एक पटक साफ च्याम्पियनको उपाधी उचाल्न सफल भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS