काठमाडौं । इलाम क्षेत्र नम्बर १ को सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा नेपाली कांग्रेसका निश्कल राई विजयी भएका छन् । उनी आफ्ना प्रतिस्पर्धीसँग फराकिलो मतान्तरसहित विजयी भएका हुन् ।
अन्तिम मतगणनाअनुसार उनले १४ हजार ५४३ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका काजीमान कागतेले १३ हजार ६३२ मत ल्याएका छन्।












