IME Life New

नेपाल टेक मार्केटले सार्वजनिक गर्यो नयाँ फोहोर व्यवस्थापन प्रणाली

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल टेक मार्केटले नयाँ फोहोर व्यवस्थापन प्रणाली सार्वजनिक गरेको छ। यो प्रणालीले स्मार्ट प्रविधिको प्रयोग गरी नेपालमा फोहोर व्यवस्थापनको क्षेत्रमा एक नयाँ आयाम थप्ने लक्ष्य राखेको छ। नेपाल टेक मार्केटको यो नवीनतम पहलगरेको हो ।

फोहोर व्यवस्थापनमा प्रविधिको प्रयोग
नेपाल टेक मार्केटका प्रमुख प्राविधिक अधिकृत मङ्गल प्रधानका अनुसार, यो प्रणालीलाई प्रयोगकर्तामैत्री बनाउन नवीनतम प्रविधि र विश्वव्यापी ट्रेन्डहरू समावेश गरिएको छ। यो प्रणाली बलियो, सुरक्षित र प्रयोग गर्न सजिलो छ। यसले फोहोर संकलन र व्यवस्थापनलाई अझ प्रभावकारी बनाउँछ। प्रमुख व्यवसायिक अधिकृत सुष्मिता पौडेलले यस प्रणालीले प्रयोगकर्ताहरूबाट सकारात्मक प्रतिक्रिया पाएको बताइन्, र उनीहरू निरन्तर ग्राहकको अनुभव सुधार गर्न प्रतिबद्ध छन्।

Esewa
Crest

फोहोर व्यवस्थापन सफ्टवेयरको सम्भावित प्रयोगकर्ताहरू
फोहोर व्यवस्थापन सफ्टवेयरको सम्भावित प्रयोगकर्ताहरू भनेको, फोहोर व्यवस्थापनमा काम गर्ने हुने संस्थाहरू, फोहोर उत्पादन गर्ने घरायसी बासीहरू, व्यवसायहरू जस्तै हस्पिटल, होटल, स्कुल, सरकारी संस्थाहरू आदि हुन्।

यस सिस्टममार्फत प्रत्येक फोहोर व्यवस्थापन गर्ने कम्पनी, फोहोर उत्पादन गर्ने संघ संस्था, घरहरूबीच अन्तरसम्पर्क गर्न सकिनेछ । फोहोर व्यवस्थापन गर्न लाग्ने शुल्कको अनलाइन भुक्तानी गर्नुका साथै यो सिस्टमले नगरपालिकाको लागि पनि छुट्टै ड्यासबोर्ड उपलब्ध गराएको छ। नगरपालिकाका यूजरबाट आफ्नो नगररवडामा फोहोर व्यवस्थापनका के–के गतिविधिहरू भइरहेको छ भनेर थाहा पाउन सक्नेछ।

कृत्रिम बुद्धिमत्ताको भूमिका
डिलाइट सोलुसन्सद्वारा सञ्चालित नेपाल टेक मार्केट डटकमका सीईओ चिरञ्जीवी अधिकारीले यो प्रणाली उपभोक्ताको आवश्यकता र बजारको मागलाई ध्यानमा राखेर विकसित गरिएको बताए।

उनले यस प्रणालीमा कृत्रिम बुद्धिमत्ताको प्रयोग गरिएको जानकारी दिँदै यसले फोहोर व्यवस्थापनलाई अझ प्रभावकारी र सहज बनाउने विश्वास व्यक्त गरे। नेपालका लागि फोहोर व्यवस्थापन एपसम्बन्धी सम्पूर्ण जानकारीका लागि

https://nepaltechmarket.com/wms?fbclid=IwY2xjawMbnOpleHRuA2FlbQIxMABicmlkETFhNXoxUlo4UnJHQlM4OG9EAR7yI4K3QMLkcNknO-B-dJ_oM8IB4vSXEyH7-xySlFX4OhCSyUCwv994Iz1WmQ_aem_hz0WpnYZ8d417N-s6b6ibQ

नेपाल टेक मार्केटका अन्य सेवाहरू
नेपाल टेक मार्केटले फोहोर व्यवस्थापन प्रणालीबाहेक विभिन्न आईटी सेवाहरू पनि प्रदान गर्छ। यसका प्रमुख सेवाहरूमा वेब र मोबाइल अनुप्रयोग विकास, हार्डवेयर उपकरण, डोमेन दर्ता र वेब होस्टिङ, र आईटी तालिम रहेका छन्। यसबाहेक, कम्पनीले ग्राहकको मागअनुसार अनुकूलित सफ्टवेयर विकास, वित्तीय तथ्यांक व्यवस्थापन, र भुक्तानी गेटवे एकीकरण जस्ता विशेष सेवाहरू पनि प्रदान गर्दै आएको छ।

फोहोर व्यवस्थापनमा डिजिटल क्रान्ति
नेपाल टेक मार्केटको नयाँ फोहोर व्यवस्थापन प्रणालीले फोहोर व्यवस्थापनलाई केवल सरसफाइको काममा मात्र सीमित नराखी यसलाई डिजिटल समाधानसँग जोडेको छ। प्रविधि र नवप्रवर्तनमार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउने कम्पनीको यो प्रयास सराहनीय छ। यसले नेपालको शहरी क्षेत्रमा फोहोर व्यवस्थापनको समस्या समाधान गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS