IME Life New

नेप्सेमा दोहोरो अंकको गिरावट, २०९ कम्पनीको शेयर भाउ घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज साताको अन्तिम दिन शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक १३ दशमलव ४६ अंकले घटेर २,८३७ दशमलव ७७ को विन्दुमा कायम भएको छ । आज ५६ कम्पनकिो शेयर मूल्य बढेको छ भने २०९ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३३५ कम्पनीको २ करोड १० लाख ८७ हजार ६२८ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ९९ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेशनल हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ५१ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको हो । रिलायन्स स्पीनिङ मिल्सको ४३ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावरको ३८ करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

आज सबैभन्दा धेरै भुजुङ हाइड्रोपावर कम्पनी, सुपर खुदी, होटल फरेष्ट र पाल्पा सिमेनटका लगानीकले कमाएका छन् । आज यी चार कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाउका हुन् । रिज लाइन इनर्जीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै एनआइसी एशिया ब्यालेन्स फन्डका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ४ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS