काठमाडौं । आज साताको दोस्रो दिन पनि शेयर बजार भारी अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ४७ दशमलव ७१ अंकले घटेर २,८३१ को विन्दुमा कायम भएको छ । आज २६ कम्पनीको शेयर मूल्य बढेको छ भने २३७ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३४१ कम्पनीको ३ करोड १६ लाख ६ हजार कित्ता शेयर किनबेच हुँदा १२ अर्ब ९६ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै रिडी पावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ६८ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ४३ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ४३ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्स, भुजुङ हाइड्रोपावर, होटल फरेष्ट र रिज लाइन इनर्जीका लगानीकर्ताले कमाएका छन् । आज यी चार कम्पनीका लगानकिर्ताले १० प्रतिशतका दरले कमाएका छन् । सुपर खुदीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै सोलु हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले ७ प्रतिशतका दरले गुमाएका हुन् ।












