IME Life New

नेप्सेमा लगातार तेस्रो दिन गिरावट, कारोबार रकम ४ अर्ब ७७ करोड माथि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार घट्ने क्रम आज पनि जारी नै रहेको छ । हिजो पनि घटेको बजार आज पनि भारी अंकले घटेर बन्द एको हो । आज नेप्से परिसूचक ३५ दशमलव ९२ अंकले घटेर २,५५८ को विन्दुमा कायम भएको छ । आज २३ कम्पनीको मात्रै शेयर मूल्य बढेको छ भने २५२ कम्पनीको घटेको छ ।

आज दिनभरिमा ३४८ कम्पनीको १ करोड ३५ लाख ८२ हजार ३२० कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७७ करोड माथिको शेयर कारोबार भएको छ । आज चिलिमे हाइड्रोको सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनीको २० करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सानिमा मिडिल तमोरको १९ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शाहस उर्जाका् १६ करोड १३ लाख रुपैयाको शेयर कारोबार भएको छ ।

Esewa
Crest

आज सबैभन्दा धेरै सर्वोत्तम पेन्ट्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका हुन् । अपर हेवाखोलाका लगानीकर्ताले १० दशमलव ४३ प्रतिशतका दरले कमाएका छन् । एभरेष्ट बैंक डिबेञ्चरका इकाईधनीले ६ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै रसुवागढी हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS