IME Life New

आज नेप्से ५ अंकको गिरावट, कारोबार रकम पनि घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार सामान्य घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ५ दशमलव ७३ अंकले घटेर २,७३८ को विन्दुमा कायम भएको छ । आज ९८ कम्पनीको शेयर मूल्य बढेको छ भने १६१ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज ३४६ कम्पनीको १ करोड ९ लाख ७७ हजार ७८३ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ९१ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २६ करोड ७५ लाख रुपैयााको शेयर कारोबार भएको छ । आँखुखोला जलविद्युतको २१ करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावरको १९ करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

आज सबैभन्दा धेरै श्रीनगरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १२ दशमलव ५७ प्रतिशतका दरले कमाएका छन् । शिखर पावरका लगानीकर्ताले ७ दशमलव ९१ प्रतिशतका दरले कमाएका छन् । एशियन हाइड्रोपावरका लगानीकर्ताले ७ दशमलव ८८ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले १० दशमलव ३८ प्रतिशतका दरले गुमाउका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS