IME Life New

नेपाल र श्रीलंकाबीच क्रस–बोर्डर मोबाइल भुक्तानीको सुरुवात

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अन्तर देशीय डिजिटल भुक्तानी कारोबारलाई थप सरल र सुरक्षित गर्ने उद्देश्यले श्रीलंकाको LankaPay र नेपालको नेपाल क्लियरिङ्ग हाउस लिमिटेड बीच क्रस–बोर्डर क्युआर भुक्तानीको थालनी भएको छ । उक्त व्यवस्थाले श्रीलंका भ्रमण गर्ने नेपाली यात्रुहरुले कनेक्ट आइपीएस वा अन्य मोबाईल बैंकिङ्ग एप मार्फत श्रीलंकामा रहेका ४००,००० भन्दा बढीLankaQ मर्चेन्टहरु मा स्क्यान गरी सजिलै भुक्तानी गर्न सक्नेछन् ।

श्रीलंकाको कोलाम्बोमा आयोजित एक विशेष कार्यक्रममा नेपाल राष्ट्र बैंक, सेन्ट्रल बैंक अफ नेपाल, नेपाल क्लियरिङ्ग हाउस लिमिटेड, लन्कापे तथा दुवै देशहरुका सहभागी बैंक तथा वित्तीय संस्थाका वरिष्ठ प्रतिनिधिहरुको उपस्थितिमा औपचरिक रुपमा क्रस–बोर्डर भुक्तानीको शुरुवात भएको संयूक्त रुपमा घोषणा गरिएको हो । यस सुरूवातलाई दक्षिण एशियाली देशहरु बीचको डिजिटल भुक्तानीको क्षेत्रीय अन्तरआबद्धताको लागि एक महत्वपूर्ण कोषेढुङ्गाको रुपमा लिइएको छ । यसले सुरक्षित, रियल टाइम तथा अन्तरआबद्ध माध्यमहरु प्रदान गर्दै दुइ देश बीच भुक्तानी ecosystem लाई थप सुदृढ बनाउने विश्वास गरिएको छ ।

Esewa
Crest

नेपाल र श्रीलंका बीच दीर्घकालीन ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक सम्बन्ध रहँदै आएको छ । दुइ देश बीचको बढ्दो पर्यटन तथा व्यापारिक आदान प्रदानले यस सम्बन्धलाई थप प्रगाढ बनाएको छ । हाल थालनी गरिएको यस क्रस–बोर्डर भुक्तानीको व्यवस्थाले पर्यटक र व्यापारिक भ्रमणको अनुभवलाई सहज, सुरक्षित र नगदरहित भुक्तानीको विकल्प प्रदान गरेर थप सहयोग पु-याउने अपेक्षा गरिएको छ । नेपाल र श्रीलंकाका राष्ट्रिय भुक्तानी पूर्वाधार बीचको अन्तर आबद्धताले साना तथा मध्यस्मस्तरीय उद्यमहरुलाई समेत अन्तराष्ट्रिय ग्राहकहरु सम्मको पहुँच दिने नयाँ अवसर सृजना गरेको छ ।

यस व्यवस्था अनुसार, नेपाली प्रयोगकर्ताहरुले नेपालका हाल सहभागी डिजिटल भुक्तानी एपहरु मार्फत श्रीलंकामा LankaQR scan गरी real-time भुक्तानी गर्न सक्ने छन् । यस्ता भुक्तानीहरु राष्ट्रिय स्तरका सुरक्षित भुक्तानी प्रणाली मार्फत हुने भएकाले भुक्तानी कर्ता तथा मर्चेन्टका लागी सुरक्षित र सहज भुक्तानीको माध्यमको रुपमा उपलब्ध हुने छ । यो सेवा प्रारम्भिक चरणमा Laxmi Sunrise Bank ले issuer Bank को रुपमा सुरू गरेको छ, जस अनुसार Laxmi Sunrise Bank द्वारा जारी गरिएका dollar card/instrument हरु connectIPS App सँग Link गरी श्रीलंकामा QR भुक्तानी गर्न सकिने छ । आगामी दिनमा अन्य mobile banking app हरुमा पनि यो सुविधा थप गरिने छ, जसले श्रीलंका यात्राका क्रममा आवश्यक भुक्तानीलाई सहजीकरण गर्ने छ ।

क्रस–बोर्डर क्युआर भुक्तानीको यस व्यवस्थाले दुबै देशको डिजिटल वित्तीय सेवाहरूलाई समावेशी बनाउने , क्षेत्रीय भुक्तानीलाई अन्तर आबद्ध गर्ने तथा आधुनिक भुक्तानी प्रणालीहरुको स्वीकार्यतालाई बढाउने साझा उद्देश्यलाई दर्शाएको छ । दुई राष्ट्रिय भुक्तानी इकोसिस्टमहरूलाई जोड्ने यस पहलले पर्यटन, व्यापार तथा दुबै देशका नागरिक बीच सहज भुक्तानी गर्न सकिने व्यवस्थालाई सहजिकरण गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS