IME Life New

नेपाल एसबिआई बैंकको नेभिगेटिङ एफएटीएफ इभ्यालुसन– बेस्ट प्राक्टिस गोष्ठी सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले नेभिगेटिङ एफएटीएफ इभ्यालुसन– बेस्ट प्राक्टिस विषयक एक विचार गोष्ठीको आयोजना गरेको छ । कार्यक्रमले नेपालको FATF मूल्याङ्कनको तयारीका क्रममा गरिने  AML-CFT  उपायहरूको प्रभावकारी कार्यान्वयन, सामूहिक प्रयास, तथा संस्थागततालाई जोड दिएको थियो ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटि गभर्नर डा. निलम ढुङ्गाना तिम्सिना ,सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र कुमार ठाकुर, विभिन्न सरकारी तथा कानुन कार्यान्वयन निकायका वरिष्ठ अधिकारीहरु, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा अधिकारीहरु, वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरु तथा अन्य सम्बन्धित संस्थाका वरिष्ठ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।

Esewa
Crest

कार्यक्रममा डेपुटि गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनाले गोष्ठीको महत्व तथा नेपालको FATF मूल्याङ्कनका सम्बन्धमा चर्चा गर्नुका साथै बैंक तथा बित्तीय संस्थाले खेल्नुपर्ने भुमिकाका बारेमा प्रकाश पारेकी थिइन् ।

उक्त कार्यक्रमको सहजीकरण भारतीय स्टेट बैंकका पूर्व अधिकारी तथा AML-CFT  एवं अनुपालन विज्ञ रामकृष्ण सुसारलाले गरेका थिए । कार्यक्रममा उनले नेपालका वित्तीय क्षेत्रका लागि उपयोगी अन्तर्राष्ट्रिय अभ्यास र दृष्टिकोणहरू बारे प्रकाश पारेका थिए ।

सो कार्यक्रममा नेपाल एसबिआई बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत, राम कुमार तिवारी, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख संचालन अधिकृत, विकास आनन्द, प्रमुख वित्तिय अधिकृत, राजेश कुमार पंडा तथा बैंकका अन्य वरिष्ठ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रमको अन्त्यमा, सरोकारवालाहरू बीच आपसी समन्वयलाई जोड दिदै विश्वव्यापी अनुपालन मापदण्डहरूको पालना मार्फत नेपालको AML-CFT ढाँचालाई सुदृढ पार्ने प्रतिबद्धताका साथ कार्यक्रम समापन भएको थियो। नेपाल एसबिआई बैंक लि. द्वारा आयोजित यस किसिमको गोष्ठी नेपालको वित्तीय क्षेत्रमा एक नया अभ्यास हो ।

नेपाल एसबिआई बैंक लि.ले बिगत ३२ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०१ शाखा, २२ एक्स्टेन्सन काउन्टर, २० शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS