IME Life New

राष्ट्र बैंकको बोर्ड बैठक भोलि, पहिलो त्रैमासको मौद्रिक समीक्षा आउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकको सञ्चालक समिति (बोर्ड)को बैठक भोलि सोमबार बस्ने भएको छ।

चालु आर्थिक वर्ष २०८२।८३ को मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षामाथि छलफल गर्न भोलि राष्ट्र बैंकको बोर्ड बैठक बस्न लागेको हो। ‘भोलि बोर्ड बैठक डाकिएको छ तर बिहान, दिउँसो वा साँझ टुंगो लागेको छैन’, गर्भनर सचिवालय स्रोत भन्छन्।

Esewa
Crest

राष्ट्र बैंक ऐन, २०५८ मा भएको व्यवस्थाअनुसार नयाँ आर्थिक वर्ष सुरु भएको १५ दिनभित्र वार्षिक मौद्रिक नीति ल्याउनुपर्छ। हरेक त्रैमास र अर्धवार्षिक समीक्षा त्रैमास सकिएको ४५ दिनभित्र ल्याउनुपर्ने प्रावधान छ। ‘यही व्यवस्थालाई टेकेर भोलि मौद्रिक समीक्षा आउनै पर्ने हो’, राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले भने, ‘तर, आजसम्म समीक्षा भोलि ल्याउने र बोर्ड बैठक यतिखेर बस्ने भन्ने जानकारी प्राप्त भएको छैन। यद्यपि, सम्भवतः भोलि समीक्षा आउँछ।’

स्रोतका अनुसार आर्थिक अनुसन्धान विभागले मौद्रिक नीतिको समीक्षाको ड्राफ्ट तयार पारेर म्यानेजमेन्ट कमिटीसमक्ष पेस गरिसकेको छ। ‘अहिले म्यानेजमेन्ट कमिटीमा समीक्षाको ड्राफ्टमा छलफल भइरहेको छ, सम्भवतः आज टुंगो लाग्छ’, स्रोतले भन्यो, ‘त्यही भएर भोलि बस्ने भनिएको बोर्ड बैठकमा समीक्षाको ड्राफ्ट जानेछ। भोलि जसरी पनि समस्या आउनेछ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS