IME Life New

बैंकको मुद्दति निक्षेपमा सवा १ अर्ब बढी लगानी गर्दै राष्ट्र बैंक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा सवा १ अर्ब रुपैयाँ बढी लगानी गर्ने भएको छ।

केन्द्रीय बैंकको उपदान तथा पेन्सन कोषमा रहेको १ अर्ब ३० करोड रुपैयाँ बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्न लागिएको हो। यसका लागि भदौ ३० गते राति ७ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले बैंकहरुलाई आह्वान गरेको छ।

Esewa
Crest

कुल रकममध्ये राष्ट्र बैंकले वाणिज्य बैंकमा १ अर्ब ४ करोड रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा १९ करोड ५० लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा ६ करोड ५० लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्नेछ।

यो लगानी २०८२ असोज ५ गतेदेखि २०८३ असोज ५ गतेसम्म ३६६ दिनका लागि हुने केन्द्रीय बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS