IME Life New

यी नियम मिच्दा हिमालयन बैंकमाथि राष्ट्र बैंकले गर्यो कारबाही

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले हिमालयन बैंकमाथि कारबाही गरेको छ।

केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२।८३ तेस्रो त्रैमासमा हिमालयन बैंकमाथि कारबाही गरेको हो। जोखिममा आधारित समष्टिगत स्थलगत निरीक्षणका क्रममा हिमालय बैंकले सीमित ऋणीलाई निर्धारित प्रिमियमदरमा ब्याक डेटबाट लागू हुने गरी छुट प्रदान गरेको र सो छुट रकम बक्यौता ब्याज र साँवा रकम भुक्तानी गर्नमा प्रयोग गरेको पाइएको राष्ट्र बैंकले जनाएको छ।

Esewa
Crest

हिमालयन बैंकले तोकिएको समयसीमापश्चात बुझाउनुपर्ने ब्याजको १० प्रतिशत रकम प्राप्त गरी कर्जा पुनरतालिकिकरण÷पुनरसंरचना गरेको, पुनरतालिकिकरण÷पुनरसंरचना गरेको कर्जा मध्ये भाखा नाघेको किस्ताको साँवा रकमलाई मात्र पुनरतालिकिकरण÷पुनरसंरचना गरेको कर्जामा वर्गीकरण गरी सोबाहेकको साँवा रकमलाई असल कर्जामा नै वर्गीकरण गरी पर्याप्त कर्जा नोक्सानी व्यवस्था कायम नगरेको पनि पाइएको केन्द्रीय बैंकले जनाएको छ। ‘केही कर्जालाई कर्जाको भाखा नाघेको अवधिका आधारमा वर्गीकरण नगरेको, अस्थायी रुपमा लामो समयसम्म ऋणीहरुको भुक्तानी अवधि बढाइएको, ९० दिनभन्दा बढी बक्यौता रहेका फोर्स लोनलाई खराब कर्जाअन्तर्गत वर्गीकरण नगरेको पाइएको छ’, राष्ट्र बैंकले भनेको छ, ‘यस्तो कर्जामा पर्याप्त कर्जा नोक्सानी व्यवस्था कायम नगरेको पाइएकोले एकीकृत निर्देशन २०८१ मा रहेको व्यवस्थाहरु उल्लंघन भएको देखिएकोले राष्ट्र बैंक ऐन, २०५८ (दोस्रो संशोधन २०७३ सहित) को दफा १०० को उपदफा २ (क) बमोजिम हिमालयन बैंक लिमिटेडको सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको छ।’

यसैगरी राष्ट्र बैंकबाट जारी निर्देशनहरुको उल्लंघन गरेका कारण हिमालयन बैंकको सञ्चालक समितिलाई सुधारात्मक कदम चाल्नका लागि कबुलियतनामा गराइएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS