IME Life New

प्रभु टेक्नोलोजीको भुक्तानी सेवा प्रदायकको लाइसेन्स राष्ट्र बैंकले गरेन नवीकरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रभु टेक्नोलोजी प्रालिको भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र (लाइसेन्स) नवीकरण नगरिएको जानकारी गराएको छ।

केन्द्रीय बैंकले आज एक सूचना जारी गर्दै यसबारे जानकारी गराएको हो। भुक्तानी तथा फर्छ्यौट ऐन, २०७५ को दफा १३(४)को व्यवस्थाबमोजिम प्रभु टेक्नोलोजीको लाइसेन्स नवीकरण नगरिएको सूचनामा उल्लेख छ।

Esewa
Crest

प्रभु टेक्नोलोजीले २०७६ फागुन ११ गते राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको लाइसेन्स लिएको थियो।

अब उक्त संस्थाले जारी गरेका भुक्तानी उपकरणहरु प्रयोग गर्ने ग्राहकको संस्थासँग कुनै लेनदेन बाँकी रहेको भए यो सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र सम्बन्धित संस्थामा सम्पर्क गर्न पनि राष्ट्र बैंकले सूचित गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS