IME Life New

रु. ५०० को २३ करोड थान नयाँ नोट छाप्दै राष्ट्र बैंक, बोलपत्र आह्वान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट बैंकले रु. ५०० दरका २३ करोड थान नयाँ नोट छाप्ने भएको छ।

केन्द्रीय बैंकले रु. ५०० दरका नयाँ नोट छाप्ने अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको हो। आज एउटा सूचना जारी गर्दै राष्ट्र बैंकले ५०० दरका नयाँ नोट प्रचलनमा ल्याउन छाप्न लागिएको जानकारी गराएको छ।

Esewa
Crest

नयाँ नोट छाप्न इच्छुक आपूर्तिकर्ताबाट राष्ट्र बैंकले गोप्य शिलबन्दी बोलपत्र पेस गर्न आह्वान गरेको छ। इच्छुक आपूर्तिकर्ताले आउँदो मे ३ तारिखसम्म कार्यालय समयभित्र बोलपत्र पेस गर्न सक्नेछन्।

प्रतिबोलपत्र २० हजार रुपैयाँ अथवा १४४ अमेरिकी डलर, १३३ युरो वा ११२ पाउन्ट स्टेर्लिङ लाग्ने राष्ट्र बैंकले जनाएको छ।

त्यसो त बैंक नोट छाप्न राष्ट्र बैंकले प्रिक्वालिफिकेसनअन्तर्गत ६ वटा विदेशी कम्पनीलाई छनौट गरिसकेको छ। छनौटमा परेका विदेशी कम्पनीहरुमा चीनको चाइना बैंकनोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन, यूकेको डे ला रुई इन्टरनेसनल, जर्मनीको गाइसिकी डेभिरेन्ट करेन्सी टेक्नोलोजी, रसियाको ज्वाइन्ट स्टक कम्पनी ‘गोज्नाक’, फ्रान्सको ओबेरथुर फिडुसिआयर एसएएस र पोल्यान्डको पोलिसी सेक्युरिटी प्रिन्टिङ वर्कस छन्।

यिनै प्रिक्वालिफिकेसनमा परेका ६ वटा कम्पनीहरुले बैंक नोट छाप्न राष्ट्र बैंकमा बोलपत्र पेस गर्न सक्छन्। यिनैमध्ये कम लागतमा बैंक नोट छाप्ने प्रस्ताव पेस गर्ने कम्पनीलाई राष्ट्र बैंकले बैंक नोट छाप्ने ठेक्का दिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS