काठमाडौं । नेपाल राष्ट्र बैंकको आगामी आर्थिक वर्ष २०८३।८४ को वार्षिक मौद्रिक नीति ल्याउने तयारीमा जुटेको छ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिम केन्द्रीय बैंकले आर्थिक वर्ष सुरु भएको १५ दिनभित्र वार्षिक मौद्रिक नीति ल्याउर्नुपर्ने प्रावधान रहेको छ। सोही प्रावधानबमोजिम राष्ट्र बैंक मौद्रिक नीति ल्याउने तयारीमा जुटेको हो।
आगामी आर्थिक वर्षको वार्षिक मौद्रिक नीतिका राष्ट्र बैंकले सरोकारवालाहरुसँग रायसुझाव माग गरेको छ। रायसुझाव आउँदो असर ५ गतेभित्र राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागमा ई–मेल [email protected] मा पठाउन सकिनेछ।












