IME Life New

सवारीसाधन कर्जामा राष्ट्र बैंक लचक, यो अवस्थामा ऋण मूल्य अनुपात ८०% कायम गर्न सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले एउटा विशेष अवस्तामा सवारीसाधन कर्जामा लचक व्यवस्था ल्याएको छ।

केन्द्रीय बैंकले आज बैंक तथा वित्तीय संस्थाका नाममा जारी एकीकृत निर्देशनमा संशोधन गर्दै लचक व्यवस्था ल्याएको हो। हाल बैंक तथा वित्तीय संस्थाले सबै प्रयोजनका लागि विद्युतीय सवारीसाधन वा निजी प्रयोजनका लागि व्यक्तिगत अन्य सवारीसाधन खरिद गर्न कर्जा प्रवाह गर्दा सवारीसाधनको ऋण मूल्यको अनुपात अधिकतम ६० प्रतिशतसम्म मात्र कायम गर्नुपर्ने व्यवस्था रहेको छ।

Esewa
Crest

संशोधित व्यवस्थाबमोजिम अब सार्वजनिक यातायातको रुपमा प्रयोग हुने यात्रुबाहक ठूला विद्युतीय सवारीसाधनका लागि कर्जा प्रवाह गर्दा तथा जेनजी आन्दोलनबाट प्रत्यक्ष रुपमा प्रभावित उद्योग तथा व्यावसायिक प्रतिष्ठानमा व्यावसायिक रुपमा प्रयोग भइरहेका सवारी तथा ढुवानीका साधन क्षति भई प्रतिस्थापन गर्न कर्जा प्रदान गर्दा ऋण मूल्य अनुपात ८० प्रतिशतसम्म कायम गर्न सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS