IME Life New

शंकास्पद कारोबारसम्बन्धी झनै कठोर बन्यो राष्ट्र बैंक, मार्गदर्शनमा गर्यो यस्ता संशोधन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंक शंकास्पद कारोबारमा झनै कठोर बनेको छ। केन्द्रीय बैंकले शंकास्पद कारोबारसम्बन्धी मार्गदर्शनमा संशोधन गर्दै कठोर व्यवस्था गरेको हो।

राष्ट्र बैंकले शंकास्पद कारोबार र गतिविधि (एसटीआर/एसएआर) गाइडलाइन्स अद्यावधिक गरी जारी गरेको छ । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ बमोजिम सूचक संस्थाहरुले इकाईमा पेस गर्नुपर्ने शंकास्पद कारोबार र गतिविधि पहिचान गर्ने सम्बन्धमा यस्ता सूचक संस्थाहरुलाई व्यवहारिक मार्गदर्शन प्रदान गर्ने उद्देश्यसहित उक्त गाइडलाइन्समा संंशोधन गरेको हो।

Esewa
Crest

यस्ता छन् मार्गदर्शनमा गरिएको संशोधन
शंकास्पद कारोबार तथा गतिविधिसम्बन्धी रेड फ्ल्यागलाई साधारण, सूचक संस्थाको प्रकारअनुरुप तथा सम्बद्ध कसुरसँग सम्बन्धित गरी तीन प्रकारमा विभाजन गरिएको छ ।

अद्यावधिक गाइडलाइनमा साधारणतर्फ देहायका क्षेत्रमा रेड फ्ल्याग थप गरिएकोः
नयाँ एआई र प्रविधिको प्रयोग

त्यसैगरी विशेष क्षेत्रतर्फ देहायका क्षेत्रमा रेड फ्ल्याग थप गरिएकोः
हायर पर्चेज कम्पनी
अटोमोबाइल्स सेलिङ कम्पनी

साथै सम्बद्ध कसुर अनुसारको रेड फ्ल्याग उक्त अद्यावधिक गाइडलाइन्समा थप गरिएको छ ।

उक्त गाइडलाइन्समा एसटीआर/ एसएआरमा पेश गर्नुपर्ने विवरण, पेश गर्नुपर्ने समय तथा पेश गर्ने पद्धती लगायतका विषय समेत समावेश गरिएको छ ।

अद्यावधिक गाइडलाइन्सले सूचक संस्थाबाट पेश हुने एसटीआर/ एसएआरको गुणस्तरमा वृद्धि भई सम्बद्ध कसूरको पहिचान तथा अनुसन्धान एवम् सम्पत्ति शुद्धीकरण निवारणको कार्यमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । उक्त गाइडलाइन्सको पूर्ण विवरण सूचक संस्थाहरुलाई इकाईले सञ्चालनमा ल्याएको गोएमएल सिस्टमबाट ब्रोडकास्ट गरी यसअघि नै सम्प्रेषण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS