काठमाडौं । नेपाल राष्ट्र बैंकले आज असार २ गतेबाट रु. १० को नयाँ नोट प्रचलनमा ल्याएको छ।
केन्द्रीय बैंकले साविककै आकार र रङमा रु. १० को नयाँ नोट प्रचलनमा ल्याएको हो। यो नोट राष्ट्र बैंकबाट तुरुन्त पाइन्छ।
यस्ता छन् विशेष
नोटको अग्र भागमा
- नोटको बायाँतर्फ सगरमाथाको चित्र रहेको ।
- नोटको दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको।
- नोटमा गभर्नरको दरस्खत रहने स्थानमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको ।
- नोटको तल्लो भागको बोर्डरमा नोटको सिरिज नम्बर नेपालीमा विसं. २०८१ लेखिएको।
नोटको पृष्ठ भागमा
- नोटको मध्य भागको माथिल्लो खण्डमा अंग्रेजीमा ‘नेपाल राष्ट्र बैंक’ लेखिएको।
- नोटको मध्य भागमा कृष्णसारको चित्र रहेको।
- नोटको तल्लो भागको बोर्डरमा अंग्रेजीमा रुपी टेन लेखिएको।
- नोटको तल्लो भागको बोर्डरमा नोटको सिरिज नम्बर अंग्रेजीमा ‘२०२४ एडी’ लेखिएको ।