IME Life New

राष्ट्र बैंकले चिनियाँ कम्पनीलाई दियो रु. ५० दरका ४२ करोड थान नयाँ नोट छाप्ने ठेक्का

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले रु. ५० दरको नयाँ नोट छाप्ने ठेक्का चिनियाँ कम्पनीलाई दिएको छ।

केन्द्रीय बैंकले आज एक सूचना जारी गर्दै चाइना बैंकनोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसनलाई रु. ५० दरको नयाँ नोट छाप्ने ठेक्का दिइएको जानकारी गराएको हो। यो कम्पनीले १ करोड ४ लाख २२ हजार ५३५.२१ अमेरिकी डलरमा नोट छाप्ने ठेक्का पाएको हो।

Esewa
Crest

राष्ट्र बैंकले गत साउन ९ अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्दै रु. ५० दरको नयाँ नोट छाप्न प्रस्ताव गर्न इच्छुक कम्पनीहरुलाई आग्रह गरेको थियो। अब यो चिनियाँ कम्पनीले रु. ५० दरका ४२ करोड थान नयाँ नोट छाप्नेछ।

कम्पनीले नोट डिजाइन, छपाइ र आपूर्तिसम्मको काम गर्नुपर्नेछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS