काठमाडौं । आज भदौ २३ गते सरकारले जेनजी आन्दोलनको एक वर्ष पूरा भएको भन्दै सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यसैबीच नेपाल राष्ट्र बैंकले रसुवा लगायतका जिल्लाहरूमा आएको प्राकृतिक विपदबाट प्रभावित भएकाहरूलाई राहत वितरण तथा उद्धार कार्यमा सहजता प्रदान गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई अत्यावश्यक बैंकिङ सेवा सुचारु राख्न निर्देशन दिएको हो ।
बैंक तथा वित्तीय संस्था नियमन विभागले एक सूचना जारी गर्दै इजाजतपत्र प्राप्त ’क’, ’ख’ ’ग’ र ’घ’ वर्गका सबै बैंक तथा वित्तीय संस्थाहरूलाई अत्यावश्यक सेवा प्रवाह गर्न निर्देशन दिएको छ । विपद्को समयमा आर्थिक कारोबारमा बाधा नपुगोस तथा प्रभावितहरूले समयमै राहत प्राप्त गर्न सकुन् भन्ने उद्देश्यले राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई यस्तो निर्देशन दिएको हो ।












