IME Life New

गभर्नरको आवासका लागि घर भाडामा लिन राष्ट्र बैंकको प्रस्ताव आह्वान, यस्ता हुनुपर्ने विशेषता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले गभर्नर विश्वनाथ पौडेलको आवासका लागि घर भाडामा लिन प्रस्ताव आह्वान गरेको छ।

केन्द्रीय बैंकले आज एक सूचना जारी गर्दै गभर्नरको आवासका लागि भाडामा घर दिन चाहनेलाई प्रस्ताव आह्वान गरेको हो। घर ललितपुर महानगरपालिकाको बुखन्डोलदेखि भैंसेपाटीसम्मको क्षेत्रमा हुनुपर्ने राष्ट्र बैंकले सर्त राखेको छ।

Esewa
Crest

यसैगरी कम्तीमा जग्गाको क्षेत्रफल १६ आनादेखि २४ आनाको हुनुपर्नेछ। कम्तीमा ६ वटा कार वा जिप पार्किङ गर्न मिल्ने हुनुपर्नेछ।

अरु के–के हुनुपर्छ विशेषता ?

  • आरसीसी स्ट्रक्चरसहित कम्तीमा १ हजार वर्गफिट पिलिन्थ क्षेत्रफलमा घर निर्माण भएको हुनुपर्ने।
  • कम्तीमा एउटा मास्टर बेडरुमसहित ४ वटा बेडरुम, लिभिङ हल, किचन, डाइनिङ हल तथा स्टोर रुम हुनुपर्ने।
  • सुरक्षाकर्मी बस्ने छुट्टै भवनको व्यवस्था हुनुपर्ने।
  • सुरक्षित कम्पाउन्ड वाल भएको हुनुपर्ने ।
  • कालोपत्रे सडकसँग जोडिएको हुनुपर्ने।
  • बिजुली, ढल निकास र खानेपानीलगायतका पूर्वाधारको यथोचित प्रबन्ध भएको हुनुपर्ने ।
  • घर कम्पनीमा २.५ तलादेखि ३ तलासम्मको हुनुपर्ने।

घर भाडामा दिन चाहने इच्छुक व्यक्ति, फर्म वा कम्पनीहरुले राष्ट्र बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभाग बालुवाटारमा असोज २७ गते कार्यालय समयभित्र प्रस्ताव पर्न सक्नेछन्।

जेनजी आन्दोलनका क्रममा गभर्नर पौडेलको ललितपुर र चितवनमा रहेका दुइटा घरमा आगजनी भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS