IME Life New

समृद्धि र पोखरा फाइनान्सबीचको मर्जरलाई राष्ट्र बैंकको सैद्धान्तिक सहमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले समृद्धि फाइनान्स कम्पनी र पोखरा फाइनान्सबीचको मर्जरलाई सैद्धान्तिक सहमति दिएको छ।

केन्द्रीय बैंकले सोमबार (असोज २७ गते) पत्र पठाउँदै मर्जर प्रयोजनका लागि कार्यसम्पादन गर्न दुवै फाइनान्सलाई सैद्धान्तिक सहमति प्रदान गरेको हो। दुवै कम्पनीबीच गत साउन ४ गते आपसमा मर्जर हुने सम्झौता भएको थियो।

Esewa
Crest

मर्जरपछि कम्पनीको चुक्तपुँजी, कर्जा लगानी, शाखा सञ्जाल, ग्राहक संख्याका साथै देशव्यापी गुणस्तरीय सेवा विस्तार हुने विश्वास दुवै कम्पनीको रहेको छ। समृद्धि फाइनान्सको २३ औँ र पोखरा फाइनान्सको २७ औँ वार्षिक साधारणसभाले दुवै कम्पनी मर्जरमा जाने प्रस्ताव पारित गरेको थियो।

प्रारम्भिक सझदारीअनुसार मर्जर प्रयोजनका लागि दुवै कम्पनीको शेयर स्वामित्व बराबर अर्थात १ः१ अनुपात कायम गरिएको छ। यदि डीडीए प्रतिवेदनमा १० प्रतिशतभन्दा फरक भएमा प्राप्त निवेदनउपर संयुक्त मर्जर समितिमा विस्तृत रुपमा छलफल गरी दुवै संस्थाको शेयर स्वाप रेसियो कायम गरिने सहमति भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS