IME Life New

सर्वसाधारणलाई राष्ट्र बैंकको सुझावः ‘मनी म्युल’ नबन्नुहोस्

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘मनी म्युल’ नबन्न सर्वसाधारणलाई सुझाव दिएको छ।

केन्द्रीय बैंकले आज वित्तीय चेतनाका लागि एउटा सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो। अरु व्यक्तिले अवैध रुपमा प्राप्त गरेको पैसा आफ्ना खातामार्फत रकम स्थानान्तरण गर्ने व्यक्तिलाई ‘मनी म्युल’ भनिन्छ।

Esewa
Crest

‘मनी म्युल’ हुन जोगिन राष्ट्र बैंकले सावधानी अपनाउन पनि सुझाव दिएको छ। आफ्नो बैंक खातामा अरुको पैसा राख्दा वा कसैलाई आफ्नो खाता प्रयोग गर्न दिँदा ठूलो जोखिम हुने केन्द्रीय बैंकले जनाएको छ।

यसैगरी ‘लामो समयको सजिलो पैसा !’ भन्नेजस्ता प्रस्ताव स्वीकार नगर्न पनि राष्ट्र बैंकले सुझाव दिएको छ। ‘यो कार्यले तपाइँलाई जेलसम्म पुर्याउन सक्छ’, राष्ट्र बैंकले चेतावनी दिएको छ।

आफ्नो खाता नम्बर, पासवर्ड र व्यक्तिगत विवरण नचिनेका व्यक्तिलाई कहिल्यै नदिन राष्ट्र बैंकले आग्रह गरेको छ। ‘खातामा तपाइँको अधिकार, सुरक्षा पनि तपाइँकै जिम्मेवारी’, राष्ट्र बैंकले भनेको छ, ‘सधैँ सचेत रहनुहोस् र आफ्नो पैसाको पूर्ण नियन्त्रण राख्नुहोस्।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

77%
happy

खुसी

8%
sad

दु :खी

8%
amazed

अचम्मित

8%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS