IME Life New

नेपाल प्रहरीले मनायो ‘अप्रिल फुल’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल प्रहरीले आज अप्रिल १ का दिन ‘अप्रिल फुल’ मनाएको छ।

जनेचतनाका लागि नेपाल प्रहरीले ‘अप्रिल फुल’ मनाएको हो। नेपाल प्रहरीले आफ्नो फेसबुक पेजमा आज ‘तपाइँविरुद्ध कतै कुनै उजुरी वा निवेदन परेको त छैन’ भनी सुनिश्चित गर्नका लागि एकपटक क्यूआर कोडमा स्क्यान गर्न आग्रह गरेको थियो। तर, त्यो क्यूआर कोडमा स्क्यान गर्दा भित्र ‘अप्रिल फुल’ भनेर आउँछ।

Esewa
Crest

वास्तवमा त्यो क्यूआर कोर्ड स्क्यान गराउन लगाउनुको मुख्य कारण सचेतना अभियानका लागि थियो। ‘आज हामीले मजार गरेका थियौँ तर भोलि यस्तै क्यूआरबाट तपाइँ स्क्याममा पनि पर्न सक्नुहुन्छ’, नेपाल प्रहरीले सूचनामा भनेको छ।

त्यसैले आफूले नचिनेको व्यक्ति वा अज्ञात स्रोतबाट प्राप्त भएको क्यूआर कोर्ड स्क्यान नगर्न र आफूसँगै आफ्नो परिवारका सदस्यहरुलाई पनि सम्झौउन नेपाल प्रहरीले आग्रह गरेको छ।

क्यूआर स्क्यान गर्नुअघि सधैँ भेरिफाई गरेर सचेत हुन र सुरक्षित रहन नेपाल प्रहरीले सुझाव दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS