काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यास (एलपी) आपूर्तिमा कुनै समस्या नरहेको जनाएको छ । प्रेस विज्ञप्ति जारि गर्दै निगमले मध्यपूर्व क्षेत्रमा देखिएको समस्याका कारण हालसम्म नेपालमा ग्यास आपूर्तिमा प्रत्यक्ष असर नपरेको बताइएको हो ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको बिक्री–वितरण तथा प्रयोगमा विभिन्न देशहरूले सावधानीका उपाय अपनाइरहेका भए पनि नेपालमा ग्यासको आपूर्ति सामान्य अवस्थामै रहेको निगमले जनाएको छ।
निगमले सम्भावित जोखिमलाई ध्यानमा राख्दै उपभोक्तालाई आवश्यकता अनुसार मात्र ग्यास प्रयोग गर्न र अनावश्यक सञ्चिति नगर्न आग्रह गरेको छ। निगमले पेट्रोलियम पदार्थ तथा ग्यास आवश्यक परिमाणमा मात्र खरिद र प्रयोग गर्ने आग्रह गरेको छ । यस्तै मासिक एक सिलिन्डरले पुग्ने अवस्थामा थप सिलिन्डर सञ्चिति नगर्न आग्रह गरेको छ ।
अनावश्यक भण्डारण नगर्न भन्दै निगमले ग्यासको सट्टा बिजुलीको खपत बढाउन, ग्याससँगै बिद्युतीय ऊर्जाको प्रयोग बढाउन, राइड सेयरिङको सुविधा उपभोग गर्न र विद्युत लागि जेनरेटर प्रयोग गर्न आग्रह गरेको छ ।













