IME Life New

नेपाल माइक्रो इन्स्योरेन्सको व्यापारमा आकर्षक वृद्धि, नाफा घटे पनि अन्य सूचकमा सुधार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमास (साउन–चैत)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार तेस्रो त्रैमाससम्म कम्पनीले १२ करोड ७७ लाख १ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले २ करोड ४८ लाख ४३ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कुल बीमाशुल्क ४१४.०३ प्रतिशतले बढेको छ।

Esewa
Crest

चैतसम्म कम्पनीले ५ करोड ४६ लाख ६७ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ७७ लाख ४६ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। खुद बीमाशुल्क पनि ६०५.७४ प्रतिशतले बढेको छ।

तेस्रो त्रैमाससम्म चुक्तापुँजी ७५ करोड रुपैयाँ रहेको कम्पनीको स्पेसल रिजर्भमा २६ लाख ७४ हजार रुपैयाँ, महाविपत्ति कोषमा २ लाख ६७ हजार रुपैयाँ, रिटेन्ड अर्निङमा २२ लाख ८ हजार रुपैयाँ र अन्य इक्विटीमा १८ हजार रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म कम्पनीको स्पेसल रिजर्भमा २४ लाख ३३ हजार रुपैयाँ, महाविपत्ति कोषमा २ लाख ४३ हजार रुपैयाँ, रिटेन्ड अर्निङमा १९ लाख ९६ हजार रुपैयाँ र अन्य इक्विटीमा १३ हजार रुपैयाँ रहेको थियो।

चैतसम्म कम्पनीको बीमा कोषको आकार बढेर १८ करोड २७ लाख २४ हजार रुपैयाँको उचाइमा पुगवेको छ। अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म बीमा कोषमा ८ करोड ७८ ६४ हजार रुपैयाँ थियो। बीमा कोषको आकार १२८.१८ प्रतिशतले बढेको छ।

समीक्षा अवधिसम्म कम्पनीले ४ लाख ८१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले २४ लाख १५ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा नाफा ८०.०८ प्रतिशतले घटेको छ।

कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी घटेर ०.०९ रुपैयाँमा खुम्चिएको छ। अघिल्लो वर्ष ईपीएस ०.६१ रुपैयाँ थियो। कम्पनीको प्रतिशेयर नेटवर्थ १०१ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS