IME Life New

नक्कली बीमा दाबी गिरोहविरुद्ध नेपाल माइक्रो इन्स्योरेन्सको साहसिक कदम, ६ जना पक्राउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालको पहिलो लघु निर्जीवन बीमा कम्पनी नेपाल माइक्रो इन्स्योरेन्सले नक्कली बीमा दाबी गिरोहविरुद्ध लड्न साहासिक कदम चालेको छ। हालै कम्पनीले बीमा क्षेत्रमा लामो समयदेखि हुने गरेको नक्कली दाबी गिरोहलाई पक्रन नेपाल प्रहरीसँग सहकार्य गर्दै अभूतपूर्व कदम चालेको हो।

कम्पनीकै सहकार्यमा जिल्ला प्रहरी परिसर काठमाडौंले भदौ १७ गते विभिन्न स्थानमा नक्कली बीमा दाबी गर्ने गिरोहका ६ जना सदस्यलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुरको गोदावरी–१४ का सुनील महर्जन र वर्षीय विकेश कुँवर, काठमाडौं–१४ का विनोद डंगोल, काभ्रेको पाँचखाल–२ का हरिप्रसाद गौतम, सर्लाहीका सुनिल सापकोटा र बारा निजगढ–६ का मनोजकुमार आचार्य छन्।

Esewa
Crest

पक्राउ परेकाहरुले विभिन्न समयमा थर्ड पार्टी मेडिकल इन्स्योरेन्सको दाबी रकम हत्याउन नक्कली दुर्घटनामा घाइते भएको देखाएर अस्पतालमा उपचार गराएको कागजात तयार गरी कम्पनीमा पेस गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ। थप अनुन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी उनीहरुलाई प्रहरी हिरासतमा राखिएको छ।

पक्राउ परेकाहरुसँग अनुसन्धान भइरहेको र यस्ता घटनामा अरुको पनि संलग्न रहेको हुन सक्ने देखिएकोले खोजी भइरहेको प्रहरीले जनाएको छ।

त्यसो त प्रायः यस्ता घटनामा अन्य बीमा कम्पनीले आफ्नो ब्रान्ड इमेज जोगाउन मौन बस्ने गरेका छन्। तर, नेपाल माइक्रो इन्स्योरेन्सले विपरीत निर्णय गर्दै प्रहरीलाई आवश्यक गोप्य जानकारी उपलब्ध गरायो र यस प्रकरणमा संलग्न आफ्नै एक कर्मचारीलाई समेत प्रहरी अनुसन्धानमा प्रस्तुत गर्न माग गर्यो।

यस साहसिक कदमले कम्पनीको ब्रान्ड मात्र जोगाएको छैन, यसले सम्पूर्ण बीमा उद्योगमा जनताको विश्वासलाई समेत मजबुत बनाएको कम्पनीको दाबी छ। ‘यसले हाम्रो इमानदारी, पारदर्शिता र उत्तरदायित्वप्रतिको अटुट प्रतिबद्धता प्रमाणित गरेको छ, जुन मूल्यप्रति प्रत्येक बीमा कम्पनीले प्रतिबद्ध हुनुपर्नेछ’, कम्पनीका सूचना अधिकारी सुसन थापाले भने।

यस निर्णयले वास्तविक कर्पोरेट सुशासन र उद्योगप्रतिको जिम्मेवारी प्रकट गरेको थापाको भनाइ छ। ‘सम्पूर्ण बीमा उद्योग र सरोकारवालाबाट यो कदमले उच्च सम्मान पाउन योग्य छ’, थापाले भने।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

78%
happy

खुसी

0%
sad

दु :खी

11%
amazed

अचम्मित

11%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS