IME Life New

नेपाल ल्युब आयलले २००% हकप्रद ल्याउने, सेबोनसँग माग्यो अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल ल्युब आयलले २०० प्रतिशत हकप्रद शेयर ल्याउने प्रक्रिया अगाडि बढाएको छ।

कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा हकप्रद शेयर जारी गर्न अनुमति माग्दै चैत २७ गते निवेदन दिएको हो। सेबोनले अनुमति दिएमा यो कम्पनीले हाल कायम चुक्तापुँजीको १ः२ अनुपातमा अर्थात २०० प्रतिशत हकप्रद शेयर आफ्ना शेयरधनीहरुलाई जारी गर्नेछ।

Esewa
Crest

उत्पादन तथा प्रशोधन समूहतर्फको यो कम्पनीले आफ्ना शेयरधनीहरुलाई १४ करोड ५७ लाख २५ हजार ३६० रुपैयाँबराबरको हकप्रद शेयर जारी गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १४ लाख ५७ हजार २५३.६० कित्ता हकप्रद शेयर बिक्री खुला गर्नेछ।

हकप्रद शेयर बिक्रीपछि कम्पनीको चुक्तापुँजी २१ करोड ८५ लाख ८८ हजार ४० रुपैयाँ पुग्नेछ। कम्पनीको हकप्रद शेयर बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS