IME Life New

नेपाल ल्यूब आयलको लाभांश घोषणा सहित डाक्यो साधारण सभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल ल्यूब आयलले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई दिने लाभांश घोषणा गरेको छ । कम्पनीले आफ्ना शेय।धनीलाई २० प्रतिशत बोनश शेयर वितरण गर्ने घोषणा गरेको हो ।

सो लाभांश वितरणको प्रस्ताव पारित गर्न कम्पनीले असोज ३१ गते ३४ औँ वार्षिक साधारण सभा पनि डाकेको छ । सभा द प्लाजा, पुल्चोक, ललितपुरमा बोलाएको छ। सो सभा बिहान साढे ११ बजे शुरु हुनेछ।

Esewa
Crest

सो सभाले बोनश शेयर पारित गर्नुको साथै, बोनस शेयरको कर प्रयोजनार्थ १.०५२६४ प्रतिशत नगद लाभांश वितरण गर्ने, २०० प्रतिशत हकप्रद शेयर निष्काशन गरी प्राप्त रकमको उपयोग गर्ने प्रस्ताव पारित गर्ने जनाएको छ ।

सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालकहरुको नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि असोज १२ गतेदेखि ३१ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार असोज ९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सभामा सामेल हुनुको साथै लाभांश पाउनेछन् ।

1758167562295

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS