IME Life New

एएफसी महिला क्वालिफायर फुटबल प्रतियोगितामा उज्वेकिस्तानसँग नेपाल पराजित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । उज्वेकिस्तानमा एएफसी महिला क्वालिफायर फुटबल प्रतियोगिताको निर्णायक खेलमा नेपाल २-४ ले पराजित भएको छ।

आतिथ्य राष्ट्र उज्वेकिस्तानविरूद्ध उसको घरेलु मैदानमा भिडेको नेपाली टोली पेनाल्टी सुट आउटमा पराजित हुन बाध्य भएको हो।

Esewa
Crest

यो पराजयसँगै एशियन कपमा २६ वर्षपछि फर्किने नेपाली सपना साकार हुन सकेन।

थपिएको ७ मिनेटमा पनि खेल ३-३ गोलको बराबरीमा रहेपछि पेनाल्टी सुट आउट(टाइ ब्रेकर) बाट निर्णय लिइएको थियो।

नेपालका लागि ३ गोल गरेर निर्धारित समयमा  बराबरीको स्थितिमा पुर्‍याएकी कप्तान साबित्रा भण्डारीले प्रहार गरेको पहिलो पेनाल्टी सुट पोलमा ठोक्किएर फर्किएको थियो। यसैगरी नेपाली किपर अन्जना राना मगरले प्रहार गरेको बल उज्वेकिस्तानी किपरले रोकेपछि उज्वेकिस्तानले नतिजा आफ्नो पक्षमा पार्दै एशियन कप महिला फुटबलका लागि योग्य भएको थियो।

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी साम्बाले खेलको २३, ७३ औं मिनेटमा गोल गरेकी थिइन्। नेपालले ७१ औं मिनेटमा कर्नर किकमार्फत दोश्रो गोल गरेको थियो। रेखा पाैडेलले कर्नरबाट प्रहार गरेको बललाइ हेड गर्दै गीता रानाले गोलपोष्टको जाली चुमाएकी थिइन्।

खेल शुरू भएको दोश्रो मिनेटमा नेपालले पहिलो गोल खाएको थियो। त्यसलगत्तै ११ औं  र ४५ औं मिनेटमा उज्वेकिस्तानले दोश्रो र तेश्रो गोल गरेको थियो।

छनाैट चरणको खेलमा नेपालले लाओस र श्रीलंकाविरूद्धको खेलमा जित हासिल गर्दै समूह चरणको अन्तिम खेलमा उज्वेकिस्तानको सामना गर्न पुगेको हो। नेपाल छनाैट चरणबाट बाहिरिएसँगै अब एशियाली फुटबल काउन्सिलले आयोजना गर्ने अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा सहभागिताका लागि नेपालले अर्को ४ वर्ष कुर्नुपर्नेछ।

क्वालिफायर चरणको खेलबाट दक्षिण एशियाली राष्ट्रहरू बंगलादेश र भारत दुबै यसअघि नै छनाैटमा परि सकेका छन् ।

यो प्रतियोगिताबाट चुनिएका टोलीहरू अष्ट्रेलियामा सन् २०२६ मा हुने एएफसी महिला फुटबल प्रतियोगितामा सहभागि हुनेछन् ।

नेपालले यसअघि सन् १९९९ मा आमन्त्रित टोलीकोरूपमा एएफसी महिला फुटबल प्रतियोगितामा सहभागिता जनाएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS