IME Life New

नेपाल लाइफले लगानी गरेको प्रोफेसनल एजुकेटर्स नेपालको रेटिङ्ग सुध्रियो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।  इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपाल लिमिटेड (इन्फोमेरिक्स नेपाल) ले शैक्षिक संस्था प्रोफेशनल एडुकेटर्स लिमिटेड (पिइएल) को दीर्घकालिन बैंक सुविधाको लागि ‘डबल बी प्लस’ र अल्पकालीन बैंक सुविधा लागि ‘ए फोर प्लस’मा क्रेडिट रेटिङ्गको स्तरोन्नती गरेको छ। यसअघि कम्पनीको दिर्घकालीन रेटिङ ‘डबल बी’ र अल्पकालीन रेटिङ्ग ‘ए फोर’ थियो।

पिइएलको वित्तीय प्रदर्शनमा सुधार भएपछि यो रेटिङ्ग उन्नयन भएको हो। गत आर्थिक वर्ष २०८०।८१ मा कम्पनीले कुल आय २०प्रतिशतले बढाएर ७५ करोड १० करोड रुपैयाँ पुगेको छ। यसमा विद्यार्थी भर्ना र मासिक शुल्क वृद्धिले ठूलो योगदान पुर्याएको छ। कर तथा ह्रास कट्टी अघिको आम्दानी ३४ करोड ७० लाख रुपैयाँ पुगेको छ भने चालू आवको पहिलो अर्द्ध वार्षिकमा यस्तो आम्दानीको मार्जिन ५६.३७% सम्म पुगेको छ। कम्पनीको नाफा पनि गत आवको ८.६६% बाट बढेर ६ महिनामा १८.६१% पुगेको छ।

Esewa
Crest

इन्फोमेरिक्सका अनुसार, समिक्षा अवधिमा पिइएलको वित्तीय स्थिति मजबुत भएको छ। मूर्त खुद मूल्य १ अर्ब १३ करोड ७० लाख रुपैयाँ पुगेको छ भने गियरिङ्ग अनुपात १.१३x मा सुधारिएको छ। कम्पनीले चालू पूँजी व्यवस्थापनमा चुनौती भोगिरहेको छ। पहिलो अर्द्ध वार्षिकमा औसत संकलन अवधि १८९ दिन पुगेको छ भने ऋण लिने दरमा उतारचढावले पनि जोखिम बढाएको छ। शिक्षा क्षेत्रमा प्रतिस्पर्धा र नियामक जोखिमले गर्दा पनि चुनौती रहेको छ।

काठमाडाैं उपत्यकाभित्र विभिन्न स्कुल, कलेज सञ्चालन गरिरहेको यो कम्पनीमा नेपाल लाइफले ३५ प्रतिशत शेयर स्वामित्व ग्रहण गरेको छ। चालू आर्थिक वर्षको शुरूवातमा नेपाल लाइफले लगानी विविधिकरण योजना अन्तर्गत यसमा लगानी गरेको हो। नेपाल लाइफले लगानी गरेको शैक्षिक संस्था प्रोफेशनल एडुकेटर्स लिमिटेड (पिइएल)ले नेपाल लाइफका लागि मध्यम देखि दीर्घकालीन अवधिमा उचित प्रतिफल दिने देखिएको छ।

पिइएलको वित्तीय प्रदर्शनमा निरन्तर सुधार, बजारमा मजबुत स्थिति, अनुभवी व्यवस्थापन र नेपाल लाइफको साझेदारीले गर्दा यो लगानी लाभदायक हुन सक्छ। चालू पूँजी व्यवस्थापनको चुनौती र प्रतिस्पर्धाको जोखिमलाई ध्यानमा राख्नुपर्छ। समग्रमा, पिइएलमा नेपाल लाइफको लगानीले मध्यम देखि लामो अवधिमा राम्रो प्रतिफल दिन सक्ने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS