IME Life New

नेपाल इटाली उद्योग वाणिज्य संघद्वारा नवनिर्वाचित सांसद बसुमाया तामाङलाई सम्मान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इटाली उद्योग वाणिज्य संघले अध्यक्ष संजय अग्रवालको नेतृत्वमा तथा बोर्ड सदस्यहरूको उपस्थितिमा, सांसद पदमा निर्वाचित भएकी बसु माया तामाङको सम्मानमा बधाई तथा सम्मान कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रम सिद्धार्थ वनस्थली इन्स्टिच्युटमा सम्पन्न भएको थियो ।

तामाङ, एनआइसीसीआईकी एक सम्मानित सदस्य हुन् । जसलाई व्यवसायिक समुदाय तथा सामाजिक विकासमा उनको समर्पण, नेतृत्व र सक्रिय योगदानका लागि चिनिन्छ । उनको निर्वाचित हुनु सार्वजनिक सेवा तथा समावेशी विकासप्रति उहाँको निरन्तर प्रतिबद्धताको प्रतिबिम्ब हो ।

Esewa
Crest

यस अवसरमा, एनआइसीसीआईले तामाङलाई हार्दिक बधाई व्यक्त गर्दै उनले आफ्नो नयाँ भूमिकामा अर्थपूर्ण योगदान पु¥याउनुहुनेछ भन्ने विश्वास व्यक्त गरेको छ । यस कार्यक्रमलाई सफलतापूर्वक आयोजना तथा व्यवस्थापन गर्नुभएकोमा वरिष्ठ उपाध्यक्ष रुपक राजवंशी र कार्यकारी बोर्ड सदस्य सुनिता सिंहप्रति एनआइसीसीआईले हार्दिक आभार व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS