काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फन्डले आउँदो कात्तिक ९ गतेबाट आफ्ना शेयरधनीहरुलाई हकप्रद शेयर जारी गर्ने भएको छ।
कम्पनीले हालय कायम चुक्तपुँजी १ अर्ब २० करोड रुपैयाँको ३ः१ अनुपातमा अर्थात ३३ प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ४० लाख कित्ता हकप्रद शेयर बिक्री गर्नेछ।
यो हकप्रद शेयरमा शेयरधनीहरुले मंसिर १४ गते कार्यालय समयभित्र आवेदन दिनुपर्नेछ। तोकिएको अवधिभित्र शेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा सञ्चालक समितिको निर्णयबमोजिम अन्य किसिमले बिक्रीवितरण गरिने कम्पनीले जनाएको छ।
हकप्रद शेयर जारी गर्न कम्पनीले असोज ३० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असोज ३० गतेभन्दा अघिसम्म कायम संस्थापक शेयरधनीहरुमात्रै हकप्रद शेयरमा आवेदन दिन योग्य हुनेछन्।












