IME Life New

सेवा शुरू नगर्दै नेपाल ई बिज म्यानेजमेन्टको भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र रद्ध

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।  नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको रूपमा काम गर्न इजाजत प्राप्त गरेको नेपाल ई बिज म्यानेजमेन्ट प्राइभेट लिमिटेडको इजाजत पत्र रद्ध भएको छ।

नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक सूचना प्रकाशन गर्दै कम्पनीले इजाजत पाएको ५ वर्ष ४ महिनामा इजाजत पत्र स्वतः रद्ध भएको जानकारी दिएको हो । राष्ट्र बैंकबाट यो कम्पनीले २०७७ साल फागु १८ गते भुक्तानी सेवा प्रदायकको अनुमति पत्र पाएको थियो । राष्ट्र बैंकका अनुसार, भुक्तानी तथा फर्छ्याैट ऐन, २०७५ को दफा १३(६) को
व्यवस्था बमोजिम इजाजत पत्र स्वतः रद्ध भएको हो ।

Esewa
Crest

यो कम्पनीले मोबालेट ब्राण्डमा डिजिटल वालेट बजारमा ल्याउने घोषणा गरेपनि सेवा सञ्चालनमा नल्याउँदै इजाजत पत्र रद्ध भएको छ।

सूचनामा उक्त संस्थाले जारी गरेका भुक्तानी उपकरणहरु प्रयोग गर्ने ग्राहकहरुको संस्थासँग कुनै लेनदेन बाँकी रहेको भए यो सूचना प्रकाशन भएको मितिले ३० दिनभित्र सम्बन्धित संस्थामा सम्पर्क गर्न अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS