IME Life New

नेपाल बैंकको नाफा र प्रतिशेयर आम्दानी दुवै बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। चालु आर्थिक वर्षको पहिलो ६ महिनामा बैंकले १ अर्ब ३० करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४६ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको थियो। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा १८३.०४ प्रतिशत बढी हो।

समीक्षा अवधिमा बैंकले ४ अबै ४४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ४ अर्ब ६२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खरद ब्याज आम्लानी ३.९७ प्रतिशतले घटेको छ।

Esewa
Crest

बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा १.५९ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ३९४.६४ प्रतिशत बढेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा २ अर्ब ५२ करोड ७४ लाख रुपैयाँ रहेको इम्पेरमेन्ट चार्ज, चालु आर्थिक वर्षमा घटेर ४७ करोड ९९ लाख रुपैयाँमा झरेको छ। सोही सञ्चालन मुनाफा र खुद नाफा उल्लेख्य बढेको हो ।

१४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोष पछिल्लो ६ महिनामा ४.१२ प्रतिशत बढेको छ। त्यस्तै, सो अवधिमा बैंकको निक्षेप ९.८७ प्रतिशत र कर्जा तथा सापटी ४.४४ प्रतिशत बढेको छ।

पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ९१ करोड ४९ लाख रुपैयाँ ऋणात्मक रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १२ रुपैयाँ ४५ पैसा ऋणात्मक रहेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ४९ पैसा बढेर १७ रुपैयाँ ७६ पैसा पुगेको छ। दोस्रो त्रैमासको अन्त्यसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ २६२ रुपैयाँ ४३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १३.५७ गुणा रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS