IME Life New

नेपाल बैंक र राष्ट्रिय बीमा कम्पनीबीच कर्जा कारोबार सम्बन्धी सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बैंक लिमिटेड र राष्ट्रिय बीमा कम्पनी लिमिटेडबीच कर्जा कारोबार सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौताअनुसार राष्ट्रिय बीमा कम्पनीमा कार्यरत स्थायी कर्मचारीहरूले नेपाल बैंकको काठमाडौं बैंकिङ अफिस शाखाबाट व्यक्तिगत आवश्यकताका लागि १५ लाख रुपियाँसम्म विनाधितो सेवाग्राही कर्जा लिन सक्नेछन् ।

यस व्यवस्थाले कर्मचारीलाई एकै स्थानबाट वित्तीय आवश्यकता पूरा गर्न सहज हुने, समय बचत हुने र दुई संस्थाबीचको सहकार्य अझ मजबुत हुने अपेक्षा गरिएको छ।

Esewa
Crest

वि.सं. २०८३ वैशाख १६ गते बुधबार नेपाल बैंकको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा बैंकका तर्फबाट रिटेल कर्जा प्रमुख अर्जुन बहादुर कंडेल र राष्ट्रिय बीमा कम्पनीका तर्फबाट मुख्य व्यवस्थापक डा. सृजना पन्तले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

नेपालभर २३१ शाखा, २४६ एटीएम तथा ६१ एक्सटेन्सन काउन्टरमार्फत करिब २७ लाख ग्राहकलाई सेवा दिँदै आएको बैंकले आधुनिक बैंकिङ प्रविधि प्रयोग गर्दै सेवा सुधारमा जोड दिएको छ र प्रतिस्पर्धात्मक रूपमा अघि बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS