IME Life New

नेपाल बैंकको लिंक लोड एन्ड वीथड्र वीन रिवार्डस् भाया खल्ती अभियान सञ्चालनमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बैंक लिमिटेड तथा खल्ती बाई आइएमईको सहकार्यमा नेपाल बैंक लिमिटेडले बैंककोे ब्राण्ड प्रवद्र्धन एवम् डिजिटल बैंकिङ व्यवसाय अभिवृद्धिको लागि २०८२ माघ र फागुन महिनाभर लागु हुनेगरी बैंकमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरूलाई लक्षित गरी लिंक लोड एन्ड वीथड्र वीन रिवार्डस् भाया खल्ती अभियान सञ्चालनमा ल्याएकोे छ ।

सो अभियान अवधिभर ग्राहक तथा कर्मचारीले नेपाल बैंकको खाता Khalti मा link गरी कारोबार गर्दा हरेक हप्ता दुईजनालाई movie tickets वा Khalti Pro Subscription  र अभियानभरको कारोबारको आधारमा दुई जनालाई जनही नगद रु. १५,००० (अक्षरेपी रु. पन्ध्र हजार मात्र) पुरस्कार प्रदान गरिने र सो को घोषणा अभियान अवधि पश्चात गरिने बैंकले जनाएको छ ।

Esewa
Crest

सो अभियानमा योग्य हुनको लागि खल्ती Wallet मा दर्ता भई kyc अद्यावधिक गरिएको हुनुपर्ने, यस बैंकको खाता Khalti Wallet मा link हुनुपर्ने तथा link गरिएको खाता मार्फत कारोबार भएको हुनुपर्नेछ । यस सम्बन्धमा थप जानकारी लिनको लागि नजिकैको शाखा तथा यस बैंकको कल सेन्टरको फोन नं. ०१(५९७१२२२ मा सम्पर्क गर्न समेत बैंकले अनुरोध गरेको छ । यस अभियानले ग्राहकलाई डिजिटल बैंकिङ तर्फ उत्प्रेरित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास पनि बैंकले लिएको छ ।

हाल नेपालभर २३१ शखा, २३७ एटिएमका साथै ६१ वटा एक्स्टेन्सन काउन्टरको सञ्जाल मार्फत करिब २७ लाख ग्राहकहरुलाई वित्तीय सेवा पु¥याईरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधि मार्फत बैंकिङ सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धि बैंकको रुपमा अघि बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS