IME Life New

आज राती देखि शान्ति सुरक्षा आफ्नो नियन्त्रणमा लिंदै नेपाली सेना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली सेनाले आज मंगलबार राती १० बजेदेखि देशको सम्पूर्ण शान्ति सुरक्षाको जिम्मेवारी आफ्नो हातमा लिने घोषणा गरेको छ।

नेपाली सेनाको मुख्यालयले मंगलबार साँझ विज्ञप्ती जारी गर्दै विषम परिस्थितिको अनुचित फाइदा उठाइ केही समूहहरूले सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पत्ति समेतमा अत्यधिक क्षति पुर्‍याउने, लुटपाट एवम् आगजनी गर्ने कार्य भइरहेको हुँदा यस किसिमका गतिविधिहरू नगर्न नगराउन आग्रह गरेको छ।

Esewa
Crest

यस किसिमका गतिविधहरू नरोकिएको खण्डमा नेपाली सेना लगायतका सम्पूर्ण सुरक्षा निकायहरू आफ्नो प्रमुख जिम्मेवारी नेपाल र नेपालीको सुरक्षाको लागि स्थिति नियन्रत्ण गर्न भदाै २४ गते मंगलबार राती १० बजेबाट दृढ रहने प्रतिबद्धता जनाएको छ।

नेपाली सेनाले यसका लागि राष्ट्रवासीबाट सहयोगको लागि अनुरोध समेत गरेको छ।

साथै सुरक्षा अवस्थाको पुनर्मूल्याङ्कन गर्दै थप सूचना समेत जारी गर्ने जानकारी नेपाली सेनाले दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS