IME Life New

सुकुमबासीको विवरण माग गरेको विषयमा नेपाली सेनाको यस्तो प्रस्टीकरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली सेनाले सुकुमबासीको विवरण माग गरेको विषयमा आफ्नो धारणा सार्वजनिक गरेको छ।

नेपाली सेनाले एउटा विज्ञप्ति जारी गर्दै त्यस विषयमा प्रस्टीकरण गरेको हो। नेपाली सेनाले विगतका वर्षहरुमा भएका विपदका घटनाहरुलाई समेत ध्यान राख्दै नजिकिँदै गरेको वर्षातको समयमा बाढी, पहिरो, डुबान र नदी कटानबाट हुन सक्ने जोखिमलाई दृष्टिगत गरी सरोकारवाला निकायहरुसँग समन्वय र सहकार्य गर्दै मानवीय र भौतिक क्षति न्यूनीकरणका लागि विपद पूर्वतयारीको योजना गर्दै आएको विज्ञप्ति प्रस्ट पारिएको छ।

Esewa
Crest

विभिन्न सामाजिक सञ्जाल तथा सञ्चार माध्यमहरुमा नेपाली सेनाले सुकुमबासीको विवरण माग गरेको सम्बन्धमा विभिन्न खबर प्रकाशन र प्रसारण भइरहेकोमा नेपाली सेनाका स्थानीय युनिटहरुले आआफ्नो जिम्मेवारी क्षेत्रमा हुन सक्ने विपदका घटनाहरुमा सुरक्षाफौज तैनाथ भई उद्धार, राहात वितरण र पुनर्स्थापनाका कार्यहरुलाई सहज बनाउने उद्देश्यका साथ सम्भावित जोखिम नक्सांकन गर्नका लागि तथ्यांक अद्यावधिक गर्ने कार्य गरिएको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS