IME Life New

यथार्थपरक सूचनाहरु सम्प्रेषण गरिदिन नेपाली सेनाको अपिल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली सेनाले यथार्थपरक सूचनाहरु सम्प्रेषण गरिदिन अपिल गरेको छ।

नेपाली सेनाले आज एक विज्ञप्ति जारी गर्दै यस्तो अपिल गरेको हो। ‘नेपाली सेनासम्बन्धी जानकारी लिनका लागि जनसम्पर्क तथा सूचना निर्देशनालयसँग सम्पर्क गरी यथार्थपरक सूचनाहरु सम्प्रेषण गरिदिन आमजनसमुदायमा अपिल गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ।

Esewa
Crest

गत भदौ २३ र २४ गतेको विषम परिस्थितिलाई सामान्यीकरण गर्ने सम्बन्धमा नेपाली सेनाले बहन गरेको भूमिकाप्रति विद्वतवर्ग, समाजसेवी, सञ्चारकर्मी तथा आम नागरिकबाट प्राप्त भएका विभिन्न रायसुझाव तथा समालोचनात्मक अभिव्यक्ति नेपाली सेनाले आभार व्यक्त गरेको छ। ‘आन्तरिक सुरक्षामा पर्न सक्ने असरलाई वस्तुपरक ढंगले मूल्यांकन गरी छिटोभन्दा छिटो शान्ति सुरक्षा कायम गर्ने उद्देश्यका साथ नेपाली सेनाले आवश्यकताअनुसार पहलता लिएको अवगत गराउन चाहन्छौँ’, विज्ञप्तिमा भनिएको छ।

हालको संवेदनशील अवस्थामा विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत संस्था र नेतृत्वलाई जोडेर विभिन्न प्रकारका टीकाटिप्पणी र धारणा सम्प्रेषण भएकोमा नेपाली सेनाले ध्यानाकर्षण भएको जनाएको छ। ‘नेपाली सेनाले आफ्नो धारणा र गतिविधि नियमित रुपमा प्रेस विज्ञप्ति, प्रेस नोट र आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएको तथ्यसमेत जानकारी गराउँदछौँ’, विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS