IME Life New

नेपाल एयरको ‘न्यारोबडी’ जहाज मर्मतपछि फिर्ता, चारवटै जहाजबाट नियमित उडान शुरू

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को लामो समयदेखि इजरायलमा थन्किएको न्यारोबडी A320 (कल साइन 9N-AKX) जहाजको इन्जिन मर्मतपछि काठमाडौँ आइपुगेको छ।

इजरायलस्थित इजरायल एरोस्पेस इण्डस्ट्रीसँगको लामो वार्तापछि उक्त जहाजको इन्जिन जडान गरी आइतबार (जनवरी १९, २०२६) काठमाडौँ ल्याइएको हो।

Esewa
Crest

निगम र इजरायली कम्पनी एरोस्पेस इण्डस्ट्रीबीच भएको ‘बहाल सहित मर्मत’ सम्झौताअनुसार इन्जिन मर्मत गरिएको हो। निगमका अनुसार कार्यकारी अध्यक्ष अमृतमान श्रेष्ठ र उच्च व्यवस्थापनको पहलमा १२ महिनाको इन्जिन भाडा र इन्जिन जडानबापतको खर्च रकम मिनाहा गराउन निगम सफल भएको छ।

यो जहाज इजरायलको तेल अभिवबाट दुबई हुँदै नियमित उडानमार्फत काठमाडौँ आइपुगेको हो। योसँगै निगमका चारवटै अन्तर्राष्ट्रिय जहाजहरू (दुई न्यारोबडी र दुई वाइडबडी) नियमित उडानका लागि उपलब्ध भएका छन्।

पछिल्लो दुई वर्षको इन्जिन मर्मत इतिहास र उडान अवरोध

नेपाल वायुसेवा निगमको अन्तर्राष्ट्रिय उडान भर्ने जहाजहरू, विशेष गरी न्यारोबडी विमानहरू पछिल्लो दुई वर्षमा पटक-पटक इन्जिन समस्याका कारण ग्राउन्डेड भएका छन्ः

मिति / अवधि जहाज (कल साइन) समस्या र मर्मत स्थान उडान ठप्प रहेको अवधि (अनुमानित)
सन् २०२३ को अन्त्यतिर 9N-AKX (लुम्बिनी) बायाँ इन्जिनमा समस्या देखिएपछि मर्मतका लागि पठाइएको। करिब ७ महिना भन्दा बढी
सन् २०२४ मध्यतिर 9N-AKB (सगरमाथा) इन्जिनमा समस्या देखिएपछि मर्मतका लागि कतार पठाइएको। करिब ४५ दिन
सन् २०२५ (पछिल्लो पटक) 9N-AKX इजरायलमा इन्जिन मर्मत र भाडा विवादका कारण लामो समय ग्राउन्डेड। करिब ९ महिना

एउटा मात्र न्यारोबडी जहाज ग्राउन्डेड हुँदा निगमको दिल्ली, मुम्बई र दुबई जस्ता महत्त्वपूर्ण गन्तव्यका उडानहरू करिब ४० प्रतिशतले कटौती हुने गरेका थिए।पछिल्लो दुई वर्षमा इन्जिन भाडा र उडान हुन नसक्दा निगमलाई अर्बौँ रुपैयाँ बराबरको आम्दानी गुमेको अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS